आइतबार, भदौ १४, २०८३

सुनसरीका दुई जना संक्रमितको नोबेलमा मृत्यु  

सुनसरीका दुई जना कोरोना संक्रमितको नोबेल शिक्षण अस्पताल विराटनगरमा शनिबार राति मृत्यु भएको छ।
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

विराटनगर-सुनसरीका दुई जना कोरोना संक्रमितको नोबेल शिक्षण अस्पताल विराटनगरमा शनिबार राति मृत्यु भएको छ।
 
दुहवी–३ की ४० वर्षीया महिलाको राति ११ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए। उनका अनुसार उपचारका लागि महिलालाई असोज २० गते अस्पताल भर्ना गरिएको थियो। 
 
स्वाब संकलन गरेर पिसिआर परीक्षण गराउँदा २१ गते रिपोर्ट पोजेटिभ आएको जानकारी दाहालले दिए। 

त्यस्तै नोबेलमा उपचाररत हरिनगर ४ का ७१ वर्षीय पुरुषको राति सवा दश बजे मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएका उनलाई उपचारका लागि असोज २१ गते अस्पताल भर्ना गरिएको थियो। 
 
स्वाब संकलन गरेर पिसिआर परीक्षण गराउँदा त्यही दिन रिपोर्ट पोजेटिभ आएपछि उनलाई थप उपचारका लागि आइसोलेसनमा भर्ना गरिएको दाहालको भनाइ छ।
 
दुवै जनाको शवको व्यवस्थापन नियम अनुसार हुने जानकारी उनले दिए। प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९९ पुगेको छ। 
 

प्रकाशित: Oct 11, 2020| 02:19 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।