आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • झनै फैलियो कोरोना, विश्वभर एकैदिनमा साढे ३ लाख संक्रमित

झनै फैलियो कोरोना, विश्वभर एकैदिनमा साढे ३ लाख संक्रमित

पछिल्ला तीन दिन लगातार ३ लाख ५० हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित भएका छन् भने दिनहुँ ५ देखि ६ हजारले ज्यान गुमाइरहेका छन्।
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं- विश्वभर कोरोना भाइरसको संक्रमण झनै तिब्र गतिमा फैलिएको छ । 

पछिल्लो तीन दिन लगातार ३ लाख ५० हजारभन्दा बढी ब्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् भने दिनहुँ ५ देखि ६ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । 

पछिल्लो २४ घण्टामा (शनिबार) मात्रै ३ लाख ५३ हजार १ सयभन्दा धेरै ब्यक्ति संक्रमित भएका छन् भने ५ हजार १० जनाले ज्यान गुमाएका छन् । 

शुक्रबार एकै दिनमा अहिलेसम्मको सबैभन्दा धेरै ३ लाख ५८ हजार ५ सयभन्दा बढी ब्यक्ति कोरोनाबाट संक्रमित भएका थिए । ५ हजार ८ सय ६ जनाको मृत्यु भएको थियो । 

त्यस्तै बिहीबार ३ लाख ४९ हजार ३ सयभन्दा धेरै संक्रमित थपिएका थिए भने ६ हजार ४ सय २० जनाको मृत्यु भएको थियो । 

पछिल्लो केहि दिन यता विश्वभर कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । युरोपेली मुलुकमा कोरोना संक्रमणको दोस्रो लहर देखिएसँगै विश्वभर कोरोनाको ग्राफ उकालो लागेको हो । 

लकडाउन खोलेसँगै विश्वका धेरै मुलुकमा कोरोनाको संक्रमण उच्च बिन्दुमा पुगेको छ । नेपालमा मात्रै लकडाउन खुलेसँगै कोरोनाको संक्रमणदर दशौं गुणाले बढेको छ । 

हाल विश्वभर कोरोनाबाट ३ करोड ७० लाख ८७ हजारभन्दा धेरै संक्रमित भएका छन् भने १० लाख ७१ हजार ३ सय ९९ जनाको मृत्यु भएको छ। 

शनिबार कुन देशमा कति संक्रमित थपिए ? 

पछिल्लो २४ घण्टामा अमेरिकमा ५० हजार ८ सय ७६, भारतमा ७४ हजार ५ सय ३५, ब्राजिलमा ३४ हजार ६ सय ५०, रुसमा १२ हजार ८ सय ४८, कोलम्बिया ८ हजार ४ सय ४७ जना संक्रमित थपिएका छन् । 

यस्तै अर्जेन्टिनामा १२ हजार ४ सय १४, फ्रान्समा २६ हजार ८ सय ९६, बेलायतमा १५ हजार १ सय ६६, इटालीमा ५ हजार ७ सय २४, युक्रेन ५ हजार ७ सय २८, नेपालमा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ । 
 

प्रकाशित: Oct 11, 2020| 01:54 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।