काठमाडौं- चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर अनशन बसेका डा. गोविन्द केसी र सरकारी टोलीबीच ८ बुँदे सहमति भएको छ।
शनिबार राति ११ बजे त्रिवि शिक्षण अस्पतालमा सरकार र डा.केसी पक्षका प्रतिनिधिबीच भएको वार्तामार्फत सहमति भएको हो । सरकार र डा.केसीबीच ८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।
शनिबार राति सहमति भए पनि डा. केसीले आइतबार ९:३० बजे मात्र सत्याग्रह तोड्ने सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।
सहमति भएसँगै डा. केसीले अनशन बसेको २८ औं दिन आज बिहान अनशन तोड्ने भएका छन्। बिहीबार र शुक्रबार भएको वार्ता असफल भएपछि सरकारी वार्ता टोलीले शनिबार प्रधानमन्त्री केपी ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो।
सहमतिपत्रमा सरकारद्वारा गठित टोलीका संयोजक गोपीनाथ मैनाली र डा. गोविन्द केसीले हस्ताक्षर गरेका छन्।
यस्तो छ सहमतिपत्र

