आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय अनलाइन अन्तरिक्ष चित्रकला र वक्तृत्वकला प्रतियोगिताको नजिता सार्वजनिक

राष्ट्रिय अनलाइन अन्तरिक्ष चित्रकला र वक्तृत्वकला प्रतियोगिताको नजिता सार्वजनिक

काठमाडौं– नेपाल एष्ट्रोनोमिकल सोसाईटी(नासो)ले विश्व अन्तरिक्ष सप्ताह (अक्टोबर ४–१०) को आवसरमा सञ्चालन गरेको राष्ट्रिय अनलाइन अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकला प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ।
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

काठमाडौं– नेपाल एष्ट्रोनोमिकल सोसाईटी(नासो)ले विश्व अन्तरिक्ष सप्ताह (अक्टोबर ४–१०) को आवसरमा सञ्चालन गरेको राष्ट्रिय अनलाइन अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकला प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ।

उसले एक सूचना सार्वजनिक गर्दै नजिता सार्वजनिक गरेको जानकारी दिएको हो।

नासोले सात प्रदेशका विभिन्न विद्यालयमा अध्ययनरत १५० भन्दा बढी बिद्यार्थीहरुले प्रस्तुति तथा चित्रकलासहित प्रतियोगितामा भाग लिएका बताएको छ। उसले राष्ट्रिय विज्ञान दिवस(असोज १) गते देखि असोज ९ सम्म सहभागिताका लागि आवेदन दिनुपर्ने सूचनामार्फत् सार्वजनिक गरेको थियो।

चित्रकला प्रतियोगिता कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थी सहगभागी गराइएको थियो भने वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीको सहगागिता थियो।

चित्रकलातर्फ किड्स लर्निङ स्कुल, काठमाडौंकी कक्षा ८ मा अध्ययनरत छात्र रिना चौधरीले प्रथम, बुढानिलकण्ठ स्कुल, काठमाडौंमा कक्षा ८ मा अध्ययनरत निती पछाइले दोश्रो तथा न्यु होराइजन सेकेन्डरी स्कुल्, बेनीमा कक्षा ६ मा अध्ययनरत प्रदिप रेग्मीले तेश्रो स्थान हासिल गरेका छन्।

प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेश्रो हुनेले क्रमशः गिफ्ट ह्याम्पर, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। 
त्यस्तै, वक्तृत्वकलातर्फ केफ सेकेन्डरी स्कुल, पोखराका सौगत गौतमले प्रथम, ट्रिनिटी इन्टर्नेसनल स्कुल, काठमाडौंका रोहन भट्टराईले दोश्रो तथा लिटल एन्जेल्स स्कुलकी रोमिया वैद्यले तेश्रो स्थान हशिल गरेका छन् ।

प्रतियोगितामा प्रथम, दोश्रो तथा तेस्रो हुने विद्यार्थी भाईबहिनीहरुलाई पुरस्कार स्वरुप क्रमशः नगद रु १०,०००, रु ५,००० तथा रु ३,००० का साथै पदक र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रकाशित: Oct 10, 2020| 15:55 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।