आइतबार, भदौ १४, २०८३

जानकी मेडिकल कलेजका कर्मचारी धर्नामा, सबै सेवा ठप्प 

विगतमा गरिएका सम्झौता कार्यान्वयन नभएको भन्दै धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरुले आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पारेका छन्। 
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

जनकपुरधाम- विगतमा गरिएका सम्झौता कार्यान्वयन नभएको भन्दै धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरुले आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पारेका छन्। 

कर्मचारीहरुको निरन्तरको आन्दोलनका कारण मेडिकल कलेजको आकस्मिक बाहेकका सबै सेवाहरु विगत १३ दिनदेखि ठप्प छ। कर्मचारीहरु कलेज प्रशासनविरुद्ध धर्नामा बसेपछि आकस्मिकबाहेकका सबै सेवा ठप्प भएको कर्मचारी हकहित संरक्षण संघर्ष समितका संयोजक उमेश यादवले जानकारी दिए। 

कर्मचारीहरु कलेजले विगत ६ वर्षदेखिको सञ्चय कोष, पाँच वर्षको दशैं खर्च र नियमित तलब भत्ता दिनुपर्ने लगायतका मागहरु राख्दै धर्नामा बसेका छन्। 

विगतमा पटकपटक गरेका सहमतिहरु अस्पताल पक्षले कार्यान्वयन नगरी उल्टै प्रहरी प्रशासन लगाएर आफूहरुलाई धम्काउने गरेकाले बाध्य भएर आन्दोलनमा जानु परेको संयोजक यादवले बताए।

यसअघि भदौ १५ गते कर्मचारीहरुले कलेजको प्रशासनमा तालाबन्दीसमेत गरेका थिए। भदौ २६ गते मेडिकल प्रशासनका बरिष्ठ अधिकृत दयानन्द झाले कर्मचारीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि ३१ गते दुवै पक्षबीच छलफल भई ३ बुँदे सहमति भएको थियो।

असोज १ गतेदेखि कलेजको ताला खोली सेवा सुचारु गर्ने, असोज ४ गते हरहिसाब गर्ने र असोज ३० भित्र कर्मचारीको सबै समस्या समाधान गर्ने कलेज प्रशासन र कर्मचारीबचि सहमति भएको थियो।

तर सहमति कार्यान्वयन नगरी असोज ११ गते संघर्ष समितिका संयोजक यादवलाई स्पष्टीकरण सोधेपछि १२ गतेदेखि जानकी मेडिकल कलेज शिक्षण अस्पताल रमदैयाका १ सय १५ जना कर्मचारी आकस्मिक बाहेकका सबै सेवा बन्द गरी निरन्तर धर्नामा बस्दै आएका छन्।

प्रकाशित: Oct 10, 2020| 12:53 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।