आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भगवान कोइरालालगायतका डाक्टरले प्रम ओलीलाई भने, ‘डा. केसीका मागमा गम्भीर बन्नुहोस्’

भगवान कोइरालालगायतका डाक्टरले प्रम ओलीलाई भने, ‘डा. केसीका मागमा गम्भीर बन्नुहोस्’

चिकित्सक एवम् प्रबुद्ध नागरिक ९ जना डाक्टरले डा. केसीका मागप्रति गम्भीर बन्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन्।
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

काठमाडौं-  चिकित्सक एवम् प्रबुद्ध नागरिक ९ जना डाक्टरले डा. केसीका मागप्रति गम्भीर बन्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन्।

सरकारले विभिन्न समयमा गरेका सम्झौता कार्यान्वयनको माग राखेर डा. केसीले १९औं पटक अनशन गर्नुपरेको स्मरण गराउँदै उनीहरुले सरकारलाई गम्भीर बन्न र प्रधानमन्त्रीलाई सकारात्मक हुन आग्रह गरेका हुन्। 

डा. भरत प्रधान, डा. महेश मास्के, डा. चोपलाल भुसाल, डा. अर्जुन कार्की, डा. भगवान कोइराला, डा. सरोज धिताल, डा. अञ्जनीकुमार झा, डा. मुक्तिराम केसी र डा. केदारनरसिंह केसीले डा. केसीको स्वास्थ्य अवस्था गम्भीर मोडमा पुगेको भन्दै सकारात्मक दृष्टिकोण राखी वार्ता निचोडमा पुर्‍याउने वातावरण बनाउन प्रधानमन्त्रीसँगआग्रह गरेका छन्।

 

प्रकाशित: Oct 10, 2020| 12:55 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।