आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भोलि देशभरका अस्पतालमा सेवा बहिष्कार गर्ने चिकित्सक संघको निर्णय

भोलि देशभरका अस्पतालमा सेवा बहिष्कार गर्ने चिकित्सक संघको निर्णय

नेपाल चिकित्सक संघले आइतबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड १९ उपचारबाहेक सम्पूर्ण सेवा बहिष्कार गर्ने निणय गरेको छ। 
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

काठमाडौं-  नेपाल चिकित्सक संघले आइतबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड १९ उपचारबाहेक सम्पूर्ण सेवा बहिष्कार गर्ने निणय गरेको छ। 

२७ दिनदेखि सत्याग्रहमा बसिरहेका चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै संघले फेरि विरोधका कार्यक्रम सार्वजनिक गरेको हो। 

डा. गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीच  सकारात्मक रुपमा छलफल अगाडि बढेपछि संघले बिहीबार विरोधका कार्यक्रम स्थगित गरेको थियो।

 शुक्रबारको छलफलमा सरकारले वार्ता सकारात्मक रुपमा अगाडि नबढाएको र शनिबार २७ औं दिनमा पनि सरकार गम्भीर नभएको भन्दै संघले सेवा बहिष्कारको कार्यक्रम सार्वजनिक गरेको हो। 

संघले आफ्ना सबै शाखा, देशभरका स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उक्त निर्णय कार्यान्वयन गर्नगराउन निर्देशन दिएको छ।

सरकार डा. केसीको जीवनरक्षाका लागि गम्भीर नभएपछि  बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको संघले जनाएको छ। 

डा. केसीको सत्याग्रह अन्त्य गर्न सरकारले पहल नगरेमा आन्दोलनका कडा कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी संघले दिएको छ।

सरकारले भने डा. केसीले उठाएका अधिकांश माग पूरा भइसकेको र केही माग कार्यान्वयन गर्ने चरणमा रहेको भन्दै केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ।

उता डा. केसी पक्षले भने सरकार वार्तामा सकारात्मक रुपमा प्रस्तुत नभएको आरोप लगाएको छ। दुवै पक्ष अडानमा रहेर सहमति प्रक्रिया अघि नबढाउँदा डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।

डा. केसीका माग सकारात्मक रहेको भन्दै नागरिक समाज र उनका समर्थकले राजधानीलगायत देशका विभिन्न ठाउँमा सरकार विरोध प्रदर्शन गर्दै आएका छन्

प्रकाशित: Oct 10, 2020| 12:46 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।