आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउनका कारण दुर्घटना १५ प्रतिशतले कमी, राजश्व घट्यो

लकडाउनका कारण दुर्घटना १५ प्रतिशतले कमी, राजश्व घट्यो

प्रदेश नं. २ मा हरेक वर्ष सवारी दुर्घटनामा वृद्धि हुँदै आएको छ। प्रदेश नं. २ को ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका अनुसार पछिल्लो तीन वर्षको तथ्यांकले सवारी दुर्घटनामा वृद्धि भएको देखाउँछ।
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

पर्सा- प्रदेश नं. २ मा हरेक वर्ष सवारी दुर्घटनामा वृद्धि हुँदै आएको छ। प्रदेश नं. २ को ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका अनुसार पछिल्लो तीन वर्षको तथ्यांकले सवारी दुर्घटनामा वृद्धि भएको देखाउँछ।

आर्थिक वर्ष ०७४/०७५ मा प्रदेश २ का आठ जिल्लामा भएको १ हजार १०५ वटा सवारी दुर्घटनामा ३९४ जनाको मृत्यु भएको प्रदेश नम्बर २ का ट्राफिक प्रहरी नायव उपरीक्षक राम बहादुर ढकालले बताए।

उनका अनुसार आर्थिक वर्ष ०७५/०७६ मा ९१४ वटा सवारी दुर्घटना हुदाँ ४९६ जनाले ज्यान गुमाएका छन्।
यस्तै आर्थिक वर्ष ०७६/०७७ मा १ हजार ३४० वटा सवारी दुर्घटनामा परी ४२० जनाको ज्यान गएको छ। यो संख्या आर्थिक वर्ष ०७५/०७६ को सवारी दुर्घटनामा भन्दा ४६.६० प्रतिशतले बढी रहेको ढकाल बताउँछन्।

यो वर्ष ६ महिनाको लकडाउनले गर्दा दुर्घटनामा मृत्यु हुनेको संख्यामा १५.३१ प्रतिशतले कमी आएको छ। सर्वसाधारणमा लापरवाही गर्ने प्रवृतिका कारण दुर्घटनाको संख्यामा वृद्धि हुने गरेको ढकालको भनाइ छ। यस चालू आर्थिक वर्षको असोजको दोस्रो सातासम्मको तथ्यांकअनुसार पछिल्लो ६ महिनामा ६७९ वटा दुर्घटना हुदाँ ७१ जनाले ज्यान गुमाइसकेका छन्।

यस्तै प्रदेश नं. २ को ट्राफिक प्रहरी कार्यालय, पथलैया बाराका अनुसार पछिल्लो ३ वर्षको तथ्यांकले गत आर्थिक वर्ष ०७४/०७५ र ०७५/०७६ मा राजश्वमा वृद्वि भए पनि हाल आर्थिक वर्ष ०७६÷०७७ मा लकडाउनले राजश्वमा कमी आएको छ।

आर्थिक वर्ष ०७४ /०७५ मा प्रदेश २ का आठ जिल्लाबाट दुई लाख २३ हजार ९९७ सवारी कारवाहीमा परेका थिए। जसबाट १४ करोड ८३ लाख ६२ हजार राजश्व संकलन भएको छ। भने, आर्थिक वर्ष ०७५/०७६ मा एक लाख ९२ हजार ५२६ सवारी साधन कारवाहीमा पर्दा १२ करोड १६ लाख ६८ हजार ५०० रुपैया राजश्व संकलन गरिएको थियो।

प्रकाशित: Oct 10, 2020| 12:31 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।