आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भरुवा बन्दुकसहित बाजुरा र सिन्धुलीमा ३ जना प्रहरीको नियन्त्रणमा

भरुवा बन्दुकसहित बाजुरा र सिन्धुलीमा ३ जना प्रहरीको नियन्त्रणमा

बाजुरा र सिन्धुलीमा भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन्।
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

काठमाडौं- बाजुरा र सिन्धुलीमा भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन्।

बाजुराको त्रिबेणी नगरपालिका २ छतारा बस्ने २८ वर्षीय प्रेम बुढालाई १ थान एकनाले भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी मौरेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारेको हो। 

त्यस्तै सिन्धुली फिक्कल गाउँपालिका ६ डाडाटोल बस्ने २४ वर्षीय तिर्थ बहादुर तामाङलाई १ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी रत्नावतीबाट खटिएको प्रहरीले तिर्थबहादुर तामाङको घरमा तलासी गर्दा घरको भर्‍याङको चेपमा लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारेको हो । 

अनुसन्धान गर्ने क्रममा बन्दुक तिर्थ बहादुरका दाइ ३१ वर्षीय राज कुमार तामाङको भन्ने खुल्न आएपछि राज कुमारलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 10, 2020| 11:45 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।