आइतबार, भदौ १४, २०८३

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा खोटाङमा एक जना पक्राउ परेका छन्।
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

काठमाडौं- श्रीमतीको हत्या गरेको अभियोगमा खोटाङमा एक जना पक्राउ परेका छन्।

४१ वर्षीया श्रीमती ज्ञान कुमारी गिरीको हत्या गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ तालखर्क बस्ने छत्र बहादुर गिरीलाई प्रहरीले आज (शनिबार) पक्राउ गरेको हो।

सामान्य घरायसी बिवादमा शुक्रबार बिहान छत्र बहादुरले लोहोरो प्रहार गर्दा गम्भीर घाइते भएकी ज्ञान कुमारीको जिल्ला अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि काठमाडौंतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो। 

घटनापछि फरार भएका छत्र बहादुरलाई अस्थायी प्रहरी चौकी तालखर्कबाट खटिएको प्रहरीले पक्राउ गरेको छ। उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Oct 10, 2020| 11:40 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।