आइतबार, भदौ १४, २०८३

नेपालमा कोरोना संक्रमणबाट दैनिक १२ जनाको मृत्यु

कोराना भाइरस संक्रमणबाट दैनिक सरदर १२ जनाको मृत्यु हुन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो दर अघिल्लो साता दैनिक सरदर आठ जना थियो। 
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

काठमाडौं- नेपालमा काेराना भाइरस संक्रमणबाट दैनिक सरदर १२ जनाको मृत्यु हुन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो दर अघिल्लो साता दैनिक सरदर आठ जना थियो। 

संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको दर पनि बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए।

मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणबाट आइतबारदेखि आजसम्म ८६ जनाको मृत्यु भएको छ।

शनिबार १४ जना र शुक्रबार १० जनाको मृत्यु भएको छ। यस्तै बिहीबार १२ जना, बुधबार १५, मंगलबार नौ, सोमबार १९ र आइतबार सात जनाको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख छ।

कोरोना भाइरस संक्रमणबाट असोजमा मात्र २३२ जनाको मृत्यु भएको छ। आजसम्म कोरोना भाइरसबाट नेपामाल ६१४ जनाको मृत्यु भएको छ।
 

प्रकाशित: Oct 10, 2020| 11:00 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।