आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संक्रमित व्यक्ति नै काममा जान थालेपछि उपत्यकामा संक्रमण तीव्र

संक्रमित व्यक्ति नै काममा जान थालेपछि उपत्यकामा संक्रमण तीव्र

एक साता अवधिमा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी १२ हजार ४५२ जनामा कोरोना भाइरस संक्रमण भएको छ। 
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

काठमाडौं- कोरोना भाइरस संक्रमित व्यक्ति आइसोलेसनमा नबसेर काममा निस्कन थालेपछि उपत्यकामा कोरोना भाइरस संक्रमण दर तीव्र रुपमा फैलिएको छ।

एक साता अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं,, ललितपुर र भक्तपुरमा गरी १२ हजार ४५२ जनामा कोरोना भाइरस संक्रमण भएको छ। 

आइतबारदेखि शनिबारसम्म देशभरमा २१ हजार ११७ जनामा कोरोना भाइरस संक्रमण भएको थियो। एक सातामा उपत्यकाबाहेक ७४ जिल्लामा संक्रमित हुनेको संख्या आठ हजार ६६५ रहेको छ।  

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेले भने, काठमाडौंका सर्वसाधारणले स्वास्थ्य जोखिमलाई ख्याल गरेको पाइएन। संक्रमित व्यक्ति पनि लक्षण देखिएन भनेर काममा हिँड्न थालेका छन्। सुरक्षाकर्मीमा पनि यस्तो समस्या देखिएको उनले बताए। 

लकडाउनपछि उपत्यका भित्रिनेको व्यवस्थापन गर्न नसक्दा पनि संक्रमण बढिरहेको उनको भनाइ छ।  

पाण्डेले भने,  'लकडाउन खुलेपछि राजधानी भित्रने धेरै भए। तर उनीहरुको व्यवस्थापन हुन सकेन। त्यसैले संक्रमण बढिरहेको छ।' 

उनले सरकारी आदेश अवज्ञा गरेर जथाभाबी घरबाहिर निस्कँदा पनि कोरोना जोखिम बढ्दै गएको बताए। 
त्यसो त राजधानीबाहिरभन्दा उपत्यकामा परीक्षणको दायरा बढाइएको उनको भनाइ छ। 

नेपालमा कोरोना संक्रमणबाट दैनिक १२ जनाको मृत्यु

एक सातामा कुन दिन कति संक्रमित?

आज (२४ गते)

देशभर संक्रमित : ५००८
काठमाडौं उपत्यकामा संक्रमित : २६७२ 

२३ गते 
देशभर संक्रमित : २०५९
काठमाडौं उपत्यकामा संक्रमित : १४०९

२२ गते 
देशभर संक्रमित :  ४३६४
काठमाडौं उपत्यकामा संक्रमित : २५४०

२१ गते 
देरभर संक्रमित  : ३४३९ 
काठमाडौं उपत्यकामा संक्रमित :  १६८४

२० गते 
देशभर संक्रमित : १५५१
काठमाडौं उपत्यकामा संक्रमित : १०१७

१९ गते
देशभर संक्रमित : २४४०
काठमाडौं उपत्यकामा संक्रमित : १५३१

१८ गते 
देशभर संक्रमित : २२५६
काठमाडौं उपत्यकामा संक्रमित : १५९९
 

प्रकाशित: Oct 10, 2020| 10:45 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।