आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज एकै दिन थपिए ५ हजारभन्दा बढी संक्रमित, सक्रिय संक्रमित ३० हजार

आज एकै दिन थपिए ५ हजारभन्दा बढी संक्रमित, सक्रिय संक्रमित ३० हजार

पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो हालसम्मकै उच्च संख्या हो।

यसअघि बिहीबार ४ हजार ३ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६८४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म ११ लाख ६४ हजार ५५७ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तजा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

आज ३० हजार ८१८ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये १३ हजार ६५४ जना संस्थागत आइसोलेसनमा र १७ हजार १६४ जना होम आइसोलेसनमा छन्।

४ हजार ६८६ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।

आज १ हजार २२९ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या ७४ हजार २५२ पुगेको छ।

पछिल्लो २४ घण्टामा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको छ।

प्रकाशित: Oct 10, 2020| 10:40 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।