आइतबार, भदौ १४, २०८३

एक कर्मचारी संक्रमित भएपछि यातायात कार्यालय बन्द

वीरगंजस्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र शाखाले आइतबारदेखि अनिश्चितकालका लागि कार्यालय बन्द गरेको छ। 
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

पर्सा- वीरगंजस्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र शाखाले आइतबारदेखि अनिश्चितकालका लागि कार्यालय बन्द गरेको छ। 

कार्यालयमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि सूचना जारी गरी सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको हो।

यातायात व्यवस्था कार्यालय वीरगंज, सवारी चालक अनुमतिपत्र शाखाले जारी गरेको सार्वजनिक सूचनामा कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकोले निजको सम्पर्कमा रहेका अन्य कर्मचारीहरुलाई सेल्फ आइसोलेसनमा बस्नुपर्ने भएकोले असोज २५ गते आइतबारदेखि अर्को सूचना जारी नभएसम्मको लागि सम्पूर्ण सेवाहरु बन्द गरिने जानकारी गराएको छ। 

कोरोना संक्रमण महामारीको बेला भिडभाडलाई नियन्त्रण नगरी एक कर्मचारीको कोरोना संक्रमण पुष्टि हुँदैमा कार्यालय नै बन्द गर्नु न्यायोचित नरहेको स्थानीयहरुको भनाइ छ।

कोरोना संक्रमण महामारीले ६ महिनाभन्दा बढि घरमै बसेर तलब बुझेका कर्मचारीहरुले एउटा बाहना मात्रै पाए पुनः घरमै बसेर तलब बुझ्ने सोचमा रहेको कतिपय सेवाग्राहीको गुनासो छ।

प्रकाशित: Oct 10, 2020| 10:10 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।