आइतबार, भदौ १४, २०८३

डा. केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शन

सरकार र डा. गोविन्द केसी पक्षबीच दुई दिनसम्म चलेको वार्ता निष्कर्षमा नपुगेपछि डा. केसीको जीवन रक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ।
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

काठमाडौं- सरकार र डा. गोविन्द केसी पक्षबीच दुई दिनसम्म चलेको वार्ता निष्कर्षमा नपुगेपछि डा. केसीको जीवन रक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

प्रदर्शनमा सहभागीहरुले सरकाले सत्याग्रहीलाई मार्न खोजेको आरोप लगाएका छन्।

विभिन्न नाराहरु लेखिएका प्लाकार्ड बोकेका प्रदर्शनकारीले सरकारले वार्ता नचाहेको, वार्ताबाट समाधान नचाहेको र डा. केसी बाँचून् भन्ने नचाहेको आरोप लगाएका छन्। 

सोलिडारिटी फर डा. केसी अलायन्सले आयोजना गरेको प्रदर्शनमा स्वतस्फूर्तरुपमा ठूलो संख्यामा मानिसहरु सहभागी भएका छन्।
यो अलाइन्सले देशका अन्य ठाउँमा पनि प्रदर्शन जारी राखेको छ।

बिहीबार सुरु भएको सरकार र डा. केसी पक्षबीचको वार्ता सकारात्मक भएको भनिए पनि शुक्रबार सरकारी टोलीले एकाएक बोली फेरेपछि वार्ता टुंगोमा पुगेन।

डा. केसीको वार्ता टोली संयोजक डा. जीवन क्षेत्रीले प्रधानमन्त्री केपी शर्माले नै डा.केसी मरे मरुन भन्ने चाहेको आरोप लगाए।

प्रकाशित: Oct 10, 2020| 09:07 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।