आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना भाइरस मानव छालामा नौ घण्टासम्म जीवित रहन्छ, इथानोलले १५ सेकेन्डमै मार्छ : अध्ययन

कोरोना भाइरस मानव छालामा नौ घण्टासम्म जीवित रहन्छ, इथानोलले १५ सेकेन्डमै मार्छ : अध्ययन

जापानमा भएको एक अध्ययनले कोरोना (सार्स कोभ–२) भाइरस मानिसको छालामा नौ घण्टासम्म जीवित रहने पत्ता लगाएको छ, यो फ्लू भाइरसको तुलनामा लामो समय हो।
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

काठमाडौं-  जापानमा गरिएकाे एक अध्ययनले कोरोना (सार्स कोभ–२) भाइरस मानिसको छालामा नौ घण्टासम्म जीवित रहने पत्ता लगाएको छ, यो फ्लू भाइरसको तुलनामा लामो समय हो।

क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा प्रकाशित क्योटो प्रिफेक्चुरल युनिभर्सिटी अफ मेडिसिनको उक्त अध्ययनअनुसार कोरोना (सार्स कोभ–२) भाइरसलाई इथानोलले १५ सेकेन्डभित्र मार्छ। 

इथानोल हामीले प्रयोग गर्ने स्यानिटाइजरमा पनि हुन्छ। यस्तो स्यानिटाइजरमा इथानोलको मात्रा ७५ प्रतिशतभन्दा माथि हुनु जरुरी छ।

मानव छालामै नौ घण्टासम्म जीवित रहने भएकाले यो महामारी कन्ट्याक्ट ट्रान्समिसनबाट द्रुत गतिमा फैलिरहेको अध्ययन् प्रतिवेदनमा उल्लेख छ।

यद्यपि, स्टिल, ग्लास, प्लास्टिक जस्ता अन्य वस्तुको सतहभन्दा मानव छालामा यो चाँडै समाप्त हुने गरेको पाइएको छ। यो भाइरस तामाको सतहमा चार घण्टासम्म, कार्डबोर्डमा २४ घण्टासम्म र प्लास्टिकको सहतमा ७२ घण्टासम्म जीवित रहेको पाइयो। 
 

प्रकाशित: Oct 10, 2020| 08:23 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।