काठमाडौं- कांग्रेस केन्द्रीय कार्यसमितिको भोलि बस्ने भनिएको बैठक स्थगित गरिएको छ।
नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष रामबावु प्रसाईको निधनका कारण केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। अर्को बैठक कहिले बस्ने भन्ने टुंगो लागेको छैन।
यसअघि १९ गते बस्ने भनिएको बैठक केन्द्रीय समितिका केही नेता, स्वकीय सचिव, चालक र कर्मचारीमा कारोना संक्रमण देखिएपछि २५ गतेसम्मका लागि स्थगित गरिएको थियो।
कांग्रेले आगमी फागुनका लागि तय गरेको १४ औँ महाधिवेशनका लागि कार्यतालिकाअनुसार कार्य प्रगति नभएकाले यो बैठक महत्वपूर्ण रुपमा हेरिएको छ। बैठकले कार्यतालिकादेखि महाधिवेशनको मिति समेत हेरफेर गर्ने सम्भावना छ।