आइतबार, भदौ १४, २०८३

नेकपाका दुई अध्यक्षबीच छलफल जारी

सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल जारी छ।
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

काठमाडौं- सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल जारी छ। दुई अध्यक्षबीच दुई घण्टादेखि छलफल चलिरहेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

छलफलमा पार्टीका महासचिव विष्णु पौडेल पनि सहभागी छन्। मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताको बाँकी कामलाई पूर्णता दिने विषयमा छलफल भइरहेको छ। 

केही दिनदेखि दुई अध्यक्षबीच छलफल निरन्तर भइरहे पनि ठोस निष्कर्ष निस्किएको छैन। ६ असोजमा बसेको सचिवालय बैठकले एकताको बाँकी काम टुंग्याउन १० दिनभित्रमा प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्षद्वय र महासचिवलाई दिएको थियो।

१० दिनको समय बितिसक्दा पनि प्रस्ताव तयार पार्ने काम सकिएको छैन। नेकपामा जनवर्गीय संगठनहरू, पाँचवटा निकाय, ३२ विभागसहित एक नीति प्रतिष्ठान, प्रवास समन्वय र विशेष जिल्ला कमिटीले पूर्णता पाउन बाँकी छ।

त्यस्तै मन्त्रीपरिषद पुनर्गठन पनि अहिलेसम्म अन्यौलमै रहेको छ। दुई अध्यक्षबीच पुनर्गठनका विषयमा सहमति बन्न नसक्दा ढिला भइरहेको छ।

प्रकाशित: Oct 10, 2020| 08:11 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।