काठमाडौं- साझा पार्टीले केन्द्रीय सदस्य शरदराज पाठकलाई प्रवक्तामा नियुक्त गरेको छ।
छ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका केन्द्रीय सदस्य पाठकलाई प्रवक्तामा नियुक्त गरिएको साझाले जानकारी दिएको छ।
उनी गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पार्टीका उम्मेदवार थिए।
ग्रामीण विकासमा स्नातकोत्तर गरेका पाठकले साझा पार्टीमा सक्रिय हुनअघि विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए।