आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रसाईको निधनमा तीन दिन कांग्रेसले आधा झण्डा झुकाउने

प्रसाईको निधनमा तीन दिन कांग्रेसले आधा झण्डा झुकाउने

कांग्रेसका पूर्व कोषाध्यक्ष एवं अग्रज समाजसेवी रामवावु प्रसाई (खनुपरूदे प्रकाहा) को निधनप्रति शोक व्यक्त गर्दै काँग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ। 
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

काठमाडौं- कांग्रेसका पूर्व कोषाध्यक्ष एवं अग्रज समाजसेवी रामवावु प्रसाई (खनुपरूदे प्रकाहा) को निधनप्रति शोक व्यक्त गर्दै काँग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ। 

असोज २४ देखि २६ सम्म आधा झण्डा झुकाउने, २५ गते केन्द्र र मातहतका सबै कार्यालय बन्द गर्ने र १३ औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्ति राख्ने निर्णय भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।  

असोज २३ गते काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा प्रसाईको निधन भएको थियो।  उनी सन्त नेता कृष्णप्रसाद भट्टराईको सभापतित्वकालका कोषाध्यक्ष थिए। विक्रम सम्बत  १९७८ माघ १५ मा जन्मिएका प्रसाई अहिलेको कांग्रेस जन्मनुपूर्वकै कांग्रेस नेता हुन्।
 
निरंकुश पञ्चायती व्यवस्थाका विरुद्ध संघर्षका क्रममा स्वर्गीय प्रसाईले जेलनेल र भारतमा निर्वासित जीवन समेत विताएका थिए।  सालिन, मितव्ययी र सरल व्यक्तित्वका रुपमा परिचित उनी पछिल्लोपटक कांग्रेससंग सन्तुष्ट थिएनन्।  
 

प्रकाशित: Oct 10, 2020| 07:12 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।