आइतबार, भदौ १४, २०८३

लागूऔषध र पटकासहित दुई जना पक्राउ

प्रतिबन्धित लागूऔषध र पटकासहित दुई जना पक्राउ परेका छन् ।
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

झापा– प्रतिबन्धित लागूऔषध र पटकासहित दुई जना पक्राउ परेका छन् । शुक्रबार बेलुकी सात बजेतिर  झापाको भद्रपुर नगरपालिका २ नजिकैकको देउनिया पुल नजिकै  शसस्त्र प्रहरीको टोली चेकजाँचका क्रममा  भद्रपुर नगरपालिका १० का १९ वर्षीय आजम दाहाललाई लागूऔषधसहित पक्राउ गरेको हो। 

उनीसँग लागूऔषध डाईजेपाम ९५ एम्पुल, लुपिजेसिक ९६ एम्पुल र फेनरागन ९५ एम्पुल गरी दुई ८५ एम्पुल लागूऔषध बरामद गरिएको शसस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी राकेश थापाले बताएका छन्।  

पक्राउ परेका दाहाल र लागूऔषध सीमा प्रहरी चौकी पृथ्बीनगरमा बुझाइएको र जिल्ला प्रहरी कार्यालय झापाले कानुनी प्रक्रिया अगाडि बढाएको बताइएको छ।  

त्यस्तै भद्रपुर नगरपालिका ३ बाट एक जनालाई एक लाख ५० हजार मूल्य बराबरको पटकासहित प्रहरीले पक्राउ गरेको छ । भद्रपुर ४ का अटो चालक ढाक्रे राजबंशीलाई भारतबाट नेपालतर्फ एक लाख ५० हजार बराबरको खुर्सानी पटका ल्याउँदैगर्दा पक्राउ गरिएको हो। 

उनलाई वडा प्रहरी कार्यालय भद्रपुर प्रहरी चौकी महेशपुरको टोलीले मे १ ह ३४१३ नम्बरको अटोसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीमाथि आवश्यक कारवाही अगाडि बढाइएको छ। 

प्रकाशित: Oct 10, 2020| 04:52 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।