आइतबार, भदौ १४, २०८३

होम आइसोलेसनमा रहेका सङ्क्रमितको चितवनमा मृत्यु

कोरोना सङ्क्रमण पुष्टि भएर घरमै आइसोलेसनमा बसेका एक वृद्धको मृत्यु भएको छ।
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

चितवन– कोरोना सङ्क्रमण पुष्टि भएर घरमै आइसोलेसनमा बसेका एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका २० माइली चोकका ६७ वर्षीय पुरुष हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको हो।

क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परीक्षणका क्रममा असोज २१ गते स्वाब परीक्षणका लागि दिइएकोमा २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। 

योसँगै जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भई होम आाइसोलेसनमा रहेका पाँच जनाको मृत्यु भएको छ।

जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या भने योसँगै ३१ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

कार्यालयका अनुसार हालसम्म जिल्लामा दुई हजार पाँच सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। त्यसमध्ये एक हजार पाँच सय ५३ जना निको भएर घर फर्किसकेका छन्।

प्रकाशित: Oct 10, 2020| 04:25 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।