आइतबार, भदौ १४, २०८३

सुमित शर्मा समीरको उपन्यास 'प्रवास' सार्वजनिक

'प्रवास’ एउटा मध्यम तथा निम्न वर्गीय मुस्लिम युवाको औसत सपनाको कथा हो।
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

काठमाडौं- कुनै बेला टेलिभिजन पत्रकारका रुपमा काम गरेका लेखक सुमित शर्मा समीरको पहिलो उपन्यास ‘प्रवास’ भर्खरै सार्वजनिक भएको छ। 

असोज १३ गते साहित्यकार नरेन्द्रराज शर्मा र चर्चित अभिनेत्री मनीषा कोइरालाले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए। 

'प्रवास’ एउटा मध्यम तथा निम्न वर्गीय मुस्लिम युवाको औसत सपनाको कथा हो।

पाकिस्तानको परम्परागत समाज र संस्कृतिमा हुर्किएको अलीको बाल्यकाल अभिभावकविहीन भएर बित्यो। सानै उमेरमा आएको जिम्मेवारीको हण्डरले  ऊ अन्तर्मुखी, अस्थिर र एक्लो भयो। उसले पाकिस्तानमा आफ्नो आर्थिक भविष्य देख्न छोड्यो। र, आफ्नो परिवारलाई पाकिस्तानमा छोडेर क्यानडातर्फ प्रवासियो।

क्यानडा पुगेर आफ्नो योग्यता र क्षमताभन्दा कैयौं गुणा निम्नस्तरको जागिर गरेर उसले श्रीमती, बिरामी भाइ र छोरीको जीवनलाई केही सरल अवश्य बनायो।

तर प्रवासको निरस जीवनमा अन्य पाकिस्तानी प्रवासीजस्तै रमाउन सकेन। केही समयपछि आफ्नै मुलुक फर्कियो। तर उसले सोचेजस्तो भएन। उसकी श्रीमती पुनः ऊसँग असन्तुष्ट हुँदै छोरीसहित अर्कै व्यक्तिसँग अमेरिकातिर हिंडी।

युवा अलि बूढो भइसकेको थियो। तर ऊ युवावस्थामा भन्दा पनि एक्लो भएको थियो। उसले सम्बन्ध, परिवार र घटनालाई बुझ्ने र सोच्ने तरिका बदल्यो। र, बुढ्यौली उमेरको अली अस्थिर र एकांकी रहेन।

खास समयमा विकास भएको सामाजिक परिवेशलाई स्वाभाविक रुपले ग्रहण गर्न थाल्यो। उता उसकी श्रीमतीको कथा पनि ओलीको जस्तै हुबहु दोहोरियो। प्रौढ अवस्थामा पुनः दुवैको जीवन उही र उस्तै रुपमा पुनरावृत्ति भयो।

उपन्यासको परिवेशलाई पाकिस्तानी पृष्ठभूमि दिइएको भए पनि यो एउटा नेपाली युवाको कथामा पनि निरुपित गर्न सकिन्छ। 
उपन्यासमा उनिएको कथाको विषयवस्तु औसत छ।

१८५ पृष्ठको सानो उपन्यासमा परिवार, सम्बन्ध, सुख, प्रेम, देश, विदेश आदि पक्षको वैचारिक र व्यावहारिक पाटोको व्याख्या मिठो र छरितो छ।

उपन्यासमा डेढ दशकदेखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा आबद्ध लेखक समीरले बुझेका जीवनका विविध सन्दर्भहरुको छाप पर्याप्त पाइन्छ।   

प्रकाशित: Oct 10, 2020| 03:24 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।