आइतबार, भदौ १४, २०८३

सुर्खेत, दैलेख र जाजरकोटमा नौ घन्टा विद्युत अवरुद्ध 

आज सुर्खेत, दैलेख र जाजरकोटमा ९ घण्टासम्म विद्युत अवरुद्ध हुने भएको छ। 
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

सुर्खेत– आज सुर्खेत, दैलेख र जाजरकोटमा ९ घण्टासम्म विद्युत अवरुद्ध हुने भएको छ। 

विहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतले जनाएको छ। 

कोहलपुर–सुर्खेत प्रशारण लाइनको ३३ केभी लाइन नजिकका रुखका हांगाहरू काट्नुपर्ने र सुर्खेतको रामघाट–कल्याणको ११ केभी लाईन मर्मत गर्नुपर्ने भएका कारण अवरुद्ध हुने भएको हो। 

कल्याण प्रहरीचौकी नजिकै ११ केभीलाई मर्मत गरेर ३३ केभीमा पु¥याइने बताइएको छ। 

ईन मर्मत र मुख्य लाइनमा छोइएका रुखका हांगा काट्दा नौ घन्टासम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतका प्रमुख टंकराज गिरीले जानकारी दिए।

प्रकाशित: Oct 10, 2020| 02:43 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।