आइतबार, भदौ १४, २०८३

आइतबारदेखि गोदावरी नगरपालिका एक हप्ता बन्द हुने

गोदावरी नगरपालिका भोली (आइतबार) देखि एक साता बन्द हुने भएको छ। 
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

ललितपुर– गोदावरी नगरपालिका भोली (आइतबार) देखि एक साता बन्द हुने भएको छ। 
कोरोना संक्रमण उच्च दरले बढ्दै गएपछि यस्तो निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले बताए।  

नगरपालिकाको सूचनामा नेपाल सरकारले अत्यावश्यक सेवा भनी राजपत्रमा प्रकाशन गरेका सेवा मात्र सञ्चालनमा रहने जानकारी दिइएको छ। 

यसैबीच गोदावरीमा आजसम्म कोरोना सङ्क्रमितका कूल सङ्ख्या दुई ८२, डिस्चार्ज भएका एक सय ४६, होम आइसोलेशनमा रहेका एक सय २१, अस्पतालमा उपचार भइरहेका ६, नगरपालिकाको बडिखेल आइसोलेशनमा ६ र सङ्क्रमणबाट मृत्यु भएका तीन रहेको नगरपालिकाले जनाएको छ।

असोज २० गते गोदावरीका नगर प्रमुख गजेन्द्र महर्जन पनि १६ औँ दिनमा कोरोना सङ्क्रमणमुक्त भएका थिए।  

प्रकाशित: Oct 10, 2020| 00:54 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।