आइतबार, भदौ १४, २०८३

डा. केसीको अनशन : निर्णायक भनिएको वार्ता असफल

 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

चिकित्सा शिक्षासँग जोडिएका विभिन्न माग राखेर अनशनरत डा. गोविन्द केसीको अनशन तोडाउन निर्णायक भनिएको वार्ता बिना निष्कर्ष टुंगिएको छ।

सरकारले गठन गरेको वार्ता समिति र डा. केसीको वार्ता टोलीबीच आज राति ९ बजेदेखि शिक्षा मन्त्रालयमा वार्ता भए पनि सहमति जुट्न नसकेको केसी पक्षका वार्ता संयोजक डा. जीवन क्षेत्रीले जानकारी दिए।

आजै सहमति गर्ने र राति नै डा. केसीको अनशन तोडाउने तयारी थियो।

यसअघि हिजो बिहीबार पनि विभिन्न चरणमा वार्ता भएको थियो। सरकारले शिक्षा सचिव गोपीनाथ मैनालीको नेतृत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको छ भने डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा ४ सदस्यीय वार्ता टोली गठन भएको छ।
 

प्रकाशित: Oct 09, 2020| 17:05 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।