आइतबार, भदौ १४, २०८३

डा. केसीको अनशन तोडाउन निर्णायक वार्ता हुँदै

चिकित्सा क्षेत्रसँग जोडिएका विभिन्न माग राखेर अनशनरत डा. गोविन्द केसीको अनशन तोडाउन निर्णायक वार्ता हुँदैछ।
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

काठमाडौं- चिकित्सा क्षेत्रसँग जोडिएका विभिन्न माग राखेर अनशनरत डा. गोविन्द केसीको अनशन तोडाउन अहिले निर्णायक वार्ता हुँदैछ।

सरकारले गठन गरेको वार्ता समिति र डा. केसीको वार्ता टोलीबीच राति ९ बजे शिक्षा मन्त्रालयमा वार्ता हुन लागेको हो।

यसअघि हिजो (बिहीबार) देखि विभिन्न चरणमा भएको वार्तालाई अहिले मूर्तरुप दिन लागिएको हो।

वार्ता टोलीबीच आजै सहमति गर्ने र राति नै डा. केसीको अनशन तोडाउने दुवै टोलीको तयारी छ।

सरकारले शिक्षा सचिव गोपीनाथ मैनालीको नेतृत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको छ भने डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा ४ सदस्यीय वार्ता टोली गठन भएको छ।

डा. केसीले राखेका मागमा बुँदागत रुपमा छलफल भएको छ। सबै बुँदामा वार्ता टोली सहमति नजिक पुगेका छन्। वार्ता सकिनासाथ आजै राति पत्रकार सम्मेलन गर्ने तयारी छ।

प्रकाशित: Oct 09, 2020| 15:01 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।