आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनुषा जिल्ला प्रशासनमा समय तालिका लागू, शनिबार पनि सेवा दिने

धनुषा जिल्ला प्रशासनमा समय तालिका लागू, शनिबार पनि सेवा दिने

सेवाग्राहीको चाप बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले सेवाग्राहीका लागि समय तालिका सार्वजनिक गरिएको छ।
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

जनकपुरधाम- सेवाग्राहीको चाप बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले सेवाग्राहीका लागि समय तालिका सार्वजनिक गरिएको छ।

सेवाग्राहीहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले समय तालिका सार्वजनिक गर्नुका साथै शनिबार पनि जिल्ला प्रशासन कार्यालय खुल्ला रहने भएको छ।

कोरोना संक्रमण जोखिमलाई ध्यानमा राख्दै सेवाग्राहीहरुको भीडभाड हुन नदिन कार्यतालिका एव समय तालिका सार्वजनिक गरिएको सहकाय प्रमुख जिल्ला अधिकारी दीपक कोइरालाले जानकारी दिए। विभिन्न स्थानीय तहका सेवाग्राहीले सेवा लिन पाउने गरी कार्यतालिका सार्वजनिक गरेको हो। 

शुक्रबारदेखि नै जारी गरिएको तालिकाअनुसार सेवाग्राहीलाई सहज ढंगले सेवा प्रवाह गर्ने गरी काम अघि बढाइएको उनले बताए। 
तोकिएको दिन मिलाएर मात्र सम्बन्धित सेवाग्राही कार्यालयमा प्रवेश गर्नुपर्ने तथा नागरिकता र नाबालक परिचयपत्र बनाउने हकमा सेवाग्राही र सनाखत गर्ने थप १ जनामा कार्यालय परिसरमा प्रवेश गर्न सकिने जारी गरिएको सूचनामा उल्लेख छ।

‘सेवा लिन आउनुअघि सेवा प्राप्त गर्नका लागि सम्पूर्ण कागज÷प्रमाण साथमा लिएर आउनु पर्नेछ, जारी गरिएको सूचनामा उल्लेख भए अनुसार कागज/प्रमाण नपुगेमा सेवा दिन सकिने छैन।’

त्यस्तै सेवा लिन आउने सेवाग्राहीहरुले अनिवार्यरुपमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने उल्लेख छ। रुखा खोकी, ज्वरो जस्ता लक्षण देखिएका सेवाग्राहीलाई कार्यालयमा प्रवेश गर्न नदिने सूचनामा उल्लेख छ।

कार्यालयको भीडभाड र कोभिड १९ संक्रमणको अवस्थाअनुसार उल्लेखित तालिकामा आवश्यकताअनुसार थपघट र परिमार्जन गर्दै लगिने सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए।

संघसंस्था दर्ता र नविकरण आइतबारदेखि बुधवारसम्म र पत्रपत्रिका÷छापाखाना दर्ता र विधान संशोधन सम्बन्धी सेवा बिहीबार र शुक्रबार मात्र दिइने सूचनामा जनाइएको छ।

त्यस्तै सक्कल नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपी र राहदानीआदी सेवाहरु  आइतबार हँसपुरन नगरपालिका, धनुषाधाम नगरपालिका र विदेह नगरपालिका, सोमबार नगराईन नगरपालिका, सबैला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, मंगलबार जनकपुरधाम उपमहानगरपालिका, मिथिला विहारी नगरपालिका, बुधबार जनकनन्दनी गाउँपालिका, लक्ष्मीनिया गाउपालिका र औरही गाउँपालिका, बिहीबार जनकपुरधाम उपमहानगरपालिका र मुखियापट्टी मुसहरनीया गाउपालिका र शुक्रबार कमला नगरपालिका, धनौजी गाउँपालिका र सहिदनगर नगरपालिकाका सेवाग्राहीहरुलाई सेवा उपलब्ध गराइने छ। 

त्यस्तै शनिबार क्षीरेश्वरनाथ नगरपालिका, बटेश्वर गाउपालिका र मिथिला नगरपालिकाका सेवाग्राहीहरुलाई १० बजेदेखि दिउसो ३ बजेसम्म सेवा प्रवाह गरिने सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए।

प्रकाशित: Oct 09, 2020| 13:35 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।