काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकोषाध्यक्ष एवं समाजसेवी रामबाबु प्रसाई (खनुपरूदेप्रकाहा) को निधनप्रति दुःख व्यक्त गरेका छन्।
देउवाले भनेका छन्, ‘कांग्रेसका पूर्व कोषाध्यक्ष, अग्रज समाजसेवी, सत्यवादी नेताका रुपमा बेग्लै पहिचान बनाउनु भएका रामबाबु प्रसाईको निधनको खबरले मलाई दुःखी बनाएको छ। प्रसाईले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। उहाँमा म भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु।’
प्रसाईको शुक्रबार दिउँसो १२ः३० बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनी सन्त नेता कृष्णप्रसाद भट्टराईको सभापतित्वकालमा पार्टीको कोषाध्यक्ष थिए। उनको जन्म १९७८ को माघ १५ मा भएको थियो।
कांग्रेसले भनेको छ, ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय प्रसाईले पुर्याउनुभएको सक्रिय योगदानको नेपाली कांग्रेस स्मरण गर्दछ।’