शनिबार, भदौ १३, २०८३

प्रदेशसभा सांसद रेग्मी ४० दिनमा कोरोनामुक्त

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य मोहनप्रसाद रेग्मी ४० दिनमा कोरोना संक्रमणमुक्त भएका छन्।
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

पोखरा- गण्डकी प्रदेशका प्रदेशसभा सदस्य मोहनप्रसाद रेग्मी ४० दिनमा कोरोना संक्रमणमुक्त भएका छन्। उनी प्रदेशसभा विधायन समिति सभापति हुन्।

बिहीबार स्वाब परीक्षण गरिएकोमा शुक्रबार उनको रिपोर्ट नेगेटिभ आएको हो।

कोरोना पोजेटिभ देखिएका प्रदेश प्रहरीका एसससपीको प्रत्यक्ष सम्पर्कमा रहेका सांसद रेग्मीको भदौ १४ मा पहिलोपटक स्वाब लिइएकोमा १७ गते कोरोना पुष्टि भएको थियो।

४० दिनको बीचमा पाचौँ पटकको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ। पहिलो १ महिना पोखराको डेरामै आइसोलेसनमा बसेका रेग्मी असोज ११ गते गृह जिल्ला स्याङ्जास्थित घरमै बस्दै आएका थिए।

आइसोलेसनमा बस्दा सावधानी अपनाएर, बेसार, गुर्जो, कागती पानी, मह, आयुर्वेद औषधि खाएको उनले बताए।

उनले कोरोना सामान्य व्यक्तिका लागि रुघाखोकी जस्तै भए पनि आत्मबल कमजोर भएका, दीर्घ रोगी, वृद्धवृद्धा र बच्चाका लागि समस्या हुने बताए।

प्रकाशित: Oct 09, 2020| 12:43 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।