काठमाडौं– स्याङ्जामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ।
भीरकोट नगरपालिका–१ दार्सिङस्थित सिद्धार्थ राजमार्गमा वालिङबाट हेलुतर्फ गुडिरहेको पाइनियर हाइयर एजुकेसन एकेडेमी स्कुलको ग.१ क ४३७० नम्बरको बस र विपरीत दिशामा गुडिरहेको ग.१३ प २८१४ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।
मोटरसाइकलमा सवार भीरकोट–३ बानेथोक देउराली घर भई हाल कपिलवस्तु बस्ने वर्ष ३१ को धुव्र भनिने गुप्तबहादुर खत्री र भीरकोट–३ बानेथोक देउराली घर भई हाल वालिङ–१ राम्बाच्छा बस्ने वर्ष ५५ को ढालबहादुर रानाको मृत्यु भएको हो।
गम्भीर घाइते भई कालिका सामुदायिक अस्पताल हेलु स्याङ्जामा उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।