काठमाडौं– बिहीबार एकैदिनमा कोरोना भाइरसबाट देशभर ४ हजार ३ सय ६४ जना संक्रमित हुँदा काठमाडौं उपत्यकामा मात्रै आधा भन्दा धेरै संक्रमित भेटिएका छन् । अर्थात बिहीबार उपत्यकामा २ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो एक दिनको रेकर्ड मात्रै होइन पछिल्लो एक महिना यता रेकर्ड हेर्ने हो भने हरेक दिनजसो देशभर जति कोरोना संक्रमित थपिएका छन्, त्यसको आधा काठमाडौं उपत्यका हुने गरेका छन् ।
साउन ७ गते लकडाउन खुलेसँगै काठमाडौंमा बढेको कोरोना भाइरसको संक्रमण असोज १ गतेबाट लामो दुरीका सवारी तथा हवाइ यातायात सञ्चालनमा आएसँगै संक्रमण दर ह्वात्तै बढेको स्वास्थ्य मन्त्रालयले तथ्यांकले देखाउँछ ।
साउन ७ गते लकडाउन खुल्नुअघि काठमडौं उपत्यकामा मुस्किलले दिनमा ८/१० जना संक्रमित भेटिने गरेको थियो । त्यसपछि भदौंसम्म करिब एक सय÷दुई सयको हारारीमा संक्रमित फेला पर्ने गरेको काठमाडौंमा असोजपछि दैनिक एक हजारभन्दा धेरैमा संक्रमण पुष्टि हुने गरेको छ ।
पछिल्लो एक हप्तामा देशभर कोरोनाबाट १८ हजार ८ सय ८९ जना संक्रमित हुँदा काठमाडौं उपत्यकामा मात्रै १० हजार ८ सय २७ जना संक्रमित थपिएका छन् । यो भनेको ५७.३१ प्रतिशत हाे ।
स्वास्थ्य मन्त्रालयले पनि काठमाडौं उपत्यकालाई उच्च खतराको सूचीमा राख्दै अत्यावश्यक काम नपरी काठमाडौं नआउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा संक्रमण दर तिब्र गतिमा बढेको भन्दै सकेसम्म काठमाडौं नआउन आग्रह गरेका छन् ।
हाल देशभर कोरोनाबाट ९८ हजार ६ सय १७ जना संक्रमित भएका छन् भने काठमाडौं उपत्यकामा मात्रै ३६ हजार ३ सय ११ जना संक्रमित छन् ।
हेर्नुहोस् पछिल्लो एक हप्तामा देशभर कति थपिए काठमाडौंमा कति भेटिए ?
असोज २२ गते
देशभर थपिएका संक्रमित– ४ हजार ३ सय ६४
काठमाडौं उपत्यकामा थपिएका संक्रमित– २ हजार ५ सय ४०
असोज २१ गते
देशभर थपिएका संक्रमित– ३ हजार ४ सय ३९
काठमाडौं उपत्यकामा थपिएका संक्रमित–१ हजार ६ सय ८४
असोज २० गते
देशभर थपिएका संक्रमित– १ हजार ५ सय ५१
काठमाडौं उपत्यकामा थपिएका संक्रमित– १ हजार १७
असोज १९ गते
देशभर थपिएका संक्रमित– २ हजार ४ सय ४०
काठमाडौं उपत्यकामा थपिएका संक्रमित– १ हजार १ सय ७१
असोज १८ गते
देशभर थपिएका संक्रमित– २ हजार २ सय ५३
काठमाडौं उपत्यकामा थपिएका संक्रमित– १ हजार ५ सय ९९
असोज १७ गते
देशभर थपिएका संक्रमित– २ हजार १ सय २०
काठमाडौं उपत्यकामा थपिएका संक्रमित– १ हजार १ सय ७७
असोज १६ गते
देशभर थपिएका संक्रमित– २ हजार ७ सय २२
काठमाडौं उपत्यकामा थपिएका संक्रमित– १ हजार ६ सय ३९