शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत काम सकियो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत काम सकियो

निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत काम सकिएको छ।
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

पोखरा–निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत काम सकिएको छ। 

कोरोना कहर तथा बन्दाबन्दीका बीचमा समेत  आयोजनाको काम भइरहेकामा हालसम्म ‘एयर साइड’ तथा  ‘ल्याण्ड साइड’ दुवैतर्फ गरी त्यति काम भएको पोखरा क्षेत्रीय विमानस्थल आयोजना कार्यान्वयन एकाइका प्रमुख इञ्जीनियर विनेश मुनंकर्मीले बताए।  

हालसम्मको प्रगतिका बारे जानकारी गराउँदै आयोजना प्रमुख मुनंकर्मीले धावनमार्ग (रनवे), ट्याक्सीवे, एप्रोन, आइसोलेटेड पार्किङ तथा ह्याङ्गर एप्रोनको काम सम्पन्न भएको बताए।  

त्यसैगरी आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटिसी टावर, ह्याङ्गर भवनलगायतका विभिन्न १४ वटा भवनको सिभिल र कङ्क्रिट स्टिल संरचना तथा छाना छाउने काम सकिएको छ।

फिनिसिङ र डेकोरेशनको काम बाँकी रहेको उनले बताए।  हाल चिनियाँ कामदार तथा कर्मचारी १८० तथा नेपाली ९० जना मजदुरले विमानस्थलको काम गरिरहेका छन्। 

तोकिएको मिति सन् २०२१ जुलाई १० भित्रमा विमानस्थलको सम्पूर्ण काम सम्पन्न हुने प्रमुख मुनंकर्मीले जानकारी गराए।  

उनले भने, ‘कोरोनाका कारण अङ्ग्रेजी नयाँ वर्षदेखि नै आयोजनाको काम प्रभावित भएकाले ६ महिनाअघि नै विमानस्थलको काम सक्ने हाम्रो लक्ष्य पूरा नभए पनि अबको काम उपकरण जडानको रहेकाले सामग्री आउनेबित्तिकै काम सुरु गरेर तोकिएको समयभित्रमा काम सम्पन्न गर्न सकिन्छ।’ 

आयोजना समयमै सम्पन्न गर्न प्रदेश तथा स्थानीय सरकारबाट केही काममा अझै सहयोग आवश्यक रहेको बताउँदै उनले राजनीतिक दलको समेत साथ र सहयोग आवश्यक रहेको बताए।  

प्रकाशित: Oct 09, 2020| 02:23 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।