शनिबार, भदौ १३, २०८३

आगामी तीन दिन कुन प्रदेशको मौसम कस्तो हुनेछ ? 

बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेका कारण उक्त क्षेत्रमा वर्षाको सम्भावना बढी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

काठमाडौँ- मनसुन बाहिरिए पनि आगामी तीन दिन देशका केहि स्थानमा आंशिक बदली भई हल्का वर्षा हुने भएको छ । 

बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेका कारण उक्त क्षेत्रमा वर्षाको सम्भावना बढी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मशाशाखाका अनुसार आज (शुक्रबार) देशभर आंशिक बदली रहनेछ भने प्रदेश १ का एक÷दुई स्थानहरुमा हल्का  वर्षाको सम्भावना रहेको छ । अहिले बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ ।

यस्तै भोलि (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली रहि एक÷दुई स्थानहरुमा हल्का  वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै पर्सि (आइतबार) देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकि भूभागको मौसम सामान्यतया सफा रहने छ ।

मनसुन बाहिरिएसँगै देशैभर चिसो चढ्न थालेको छ । अबको दुई साताभित्र देशका धेरै स्थानमा चिसो बढ्न सक्ने मौसमविद्हरुले बताएका छन् । 

प्रकाशित: Oct 09, 2020| 01:25 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।