शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फ्रेन्च ओपन सेमीफाइनलमा सित्सिपास र जोकोविच तथा स्वार्जमेन र नाडाल भिड्ने

फ्रेन्च ओपन सेमीफाइनलमा सित्सिपास र जोकोविच तथा स्वार्जमेन र नाडाल भिड्ने

स्टेफेनो सित्सिपास र अर्जेन्टिनी डियागो स्वार्जमेन फ्रेन्च ओपनको सेमीफाइनमा प्रवेश गरेका छन्।
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

काठमाडौं- स्टेफेनो सित्सिपास फ्रेन्च ओपनको सेमीफाइनमा प्रवेश गरेका छन्। ग्रिकका २२ वर्षे खेलाडी सित्सिपास सेमीफाइनल प्रवेश गर्ने ११ वर्षयताका सबैभन्दा कम उमेरका खेलाडीसमेत हुन्।

अब उनले रोलान्ड जारोजमा १८ ग्राण्डस्लमका प्रत्यासी एवम् विश्व नम्बर वान नोभाक जोकोविचसँग प्रतिस्पर्धा गर्नेछन्।

त्यस्तै अर्जेन्टिनी डियागो स्वार्जमेन पनि फ्रेन्च ओपनको सेमीफाइनलमा प्रवेश गरेका छन्। उनले यूएस ओपन २०२० का विजेता डोमिनिक थिमलाई हाराउँदै सेमीफाइनल प्रवेश गरेका हुन्।

अब स्वार्जमेनले पहिलो सेमीफाइलन खेलमा १२ पटकको विजेता राफेल नाडानसँग प्रतिस्पर्धा गर्नेछन्।

यदी स्वार्जमेनले जित निकाल्न सके उनी नाडाललाई फ्रेन्च ओपनमा हराउने तेस्रो व्यक्ति बन्नेछन्।

‘यदी इतिहास हेर्ने हो भने जितमा शंकै छ। तर मलाई थाहा छ कि म उनलाई हराउने क्षमता राख्छु। यसका लागि धेरै कन्फिडेन्स हुनुपर्छ,’ स्वार्जमेनले क्वार्टरफाइनल खेलपछि भने।

नाडालले अघिल्लो दुई पटक सन् २००९ र २०१५ मा क्रमशः स्विडेनका रोविन साडर्लिङ र सर्वियाका जोकोविचसँग हार बेहोरेका छन्।

यसबाहेक अन्य खेलाडीले उनलाई हराउन सकेका छैनन्। साथै उनले चोटका कारण २०१६ को खेल भने तेस्रो राउन्डबाटै नाम फिर्ता लिएका थिए।

२० औं ग्राण्डस्लम जित्ने लक्ष्यका साथ प्रतियोगितामा सहभागी नाडालले भने, ‘उनी धेरै कन्फिडेन्सका साथ खेलमा सहभागी भएका छन्। उनी रोमको फाइनलमा थिए, यहाँ पनि सेमीफाइनलमा छन्। उनले त्यहाँ मलाई हराएका थिए। त्यो अनुभव उनीसँग छ।’

पहिलो सेमीपलाइल खेल आज साँझ ६ः३५ मा हुनेछ भने दोस्रो खेल राति पौने ९ बजे सुरु हनेछ।
 

प्रकाशित: Oct 09, 2020| 01:06 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।