शनिबार, भदौ १३, २०८३

कुन देशको कुन सहरमा कति बजे टिकाको उत्तम साइत ? 

समितिको बैठकले नेपालको काठमाडौंका लागि कात्तिक १० गते (अक्टोबर २६) बिहान १०:१९ बजेको साइत उत्तम रहेको जनाएको छ । 
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

काठमाडौं- अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्‍न देशका सहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । 

समितिको बैठकले नेपालको काठमाडौंका लागि कात्तिक १० गते (अक्टोबर २६) बिहान १०:१९ बजेको साइत उत्तम रहेको जनाएको छ । 

यसैगरी भारतको दिल्लीमा बिहान १०:३५, अमेरिकाका न्युयोर्कमा अक्टोबर २५ (कात्तिक ९ गते) बिहान ११:०५,  केन्टुकीमा बिहान ११:०७, टेक्सासमा बिहान ११:५७ र क्यालिफोर्नियामा ११:४५ बजेको साइत दिइएको समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले बताए ।

यसैगरी बेलायतको लण्डनका लागि बिहान ११:३९, क्यानडाको टोरन्टोका लागि बिहान ११:४३, पोर्चुगलको लिस्बनका लागि बिहान ११:३७ र  फ्रान्सको पेरिसका लागि बिहान ११:४१ बजे विजयादशमीको टीका लगाउनु शुभ रहेको समितिले जनाएको छ । यी सहरमा पनि अक्टोबर २५ तारिखका दिन विजयादशमी पर्व मनाइन्छ ।

जापानको टोकियोमा अक्टोबर २६ तारिखका दिन बिहान ११:३५, अष्ट्रेलियाको सिड्नीमा बिहान ०९:४३, अष्ट्रेलियाकै मेलबर्न शहरमा बिहान ९:५३ बजे, अष्ट्रेलियाकै ब्रिसबेनमा बिहान ९:५१, मलेसियाको क्वालालम्पुरमा बिहान १०:३५, संयुक्त अरब इमिरेट्सको अबुधाबीमा बिहान १०:४३, कतारको दोहामा बिहान १०:२१ टिकाकाे साइत छ । 

यस्तै थाइल्याण्डको बैंककमा बिहान १०:३३, दक्षिण कोरियाको सोलमा बिहान १०:२७, इजरायलको तेल अभिभमा बिहान १०:३७, सिंगापुरमा बिहान १०:४१, हङकङमा बिहान १०:४९, साउदी अरबमा बिहान १०:२५, न्युजिल्याण्डको वेलिङ्टनमा बिहान १०:१५ बजेको समयमा दसैंको टीका लगाउन उत्तम हुने जनाइएको छ । 

यी सहरमा पनि अक्टोबर २६ तारिखकै दिन विजयादशमी मनाउनुपर्ने समितिले जनाएको छ ।

विभिन्‍न देशमा फैलिएका नेपाली एवं वैदिक सनातन धर्मावलम्बीले दसैंको टीका लगाउन शुभसाइत माग्‍न थालेपछि समितिले ती देशका स्थानीय समयानुसार शुभ हुने बेलामा साइत दिइएको जनाएको छ । 

विश्व ज्योति महासंघले समिति गठन गरेको हो । नेपाल पञ्चाङ् निर्णायक समितिले यसअघि नै नेपालका लागि दशैँका विभिन्न साइत सार्वजनिक गरिसकेको छ । -रासस

प्रकाशित: Oct 09, 2020| 00:54 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।