काठमाडौं- नेपाल वायु सेवा निगमको महा प्रबन्धक पदमा डिमप्रसाद (प्रकाश) पौडेल नियुक्त भएका छन् ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले निगम सञ्चालक समिति सदस्य समेत रहेका पौडेललाई महाप्रवन्धक नियुक्त गरेको हो ।
संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रस्तावमा पौडेललाई महाप्रवन्धकमा नियुक्ती गरिएको हो । पेशाले चार्टर्ड एकाउन्टेन्ट पौडेल हाल निगमको संचालक समितिका सदस्य थिए ।
त्यस्तै हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी क्षेत्र विकास कोषको सदस्य सचिवमा सानुराजा शाक्यलाई नियुक्त गरेको छ ।