शनिबार, भदौ १३, २०८३

सरकारी टोली र डा. केसी पक्षबीचको वार्ता अनिर्णित

सरकारी वार्ता टोली र आमरण अनशनमा रहेका डा. गोविन्द केसी पक्षबीच दिनभर चलेको वार्ता अनिर्णित बनेको छ।
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

काठमाडौं- सरकारी वार्ता टोली र आमरण अनशनमा रहेका डा. गोविन्द केसी पक्षबीच दिनभर चलेको वार्ता अनिर्णित बनेको छ।

चिकित्सा शिक्षा तथा सुशासनसँग सम्बन्धित विभिन्न माग राखेर २५ दिनदेखि अनशनमा रहेका डा. केसीका माग सम्बोधन गर्न भन्दै आज (बिहीबार) शिक्षा मन्त्रालयमा दिनभर वार्ता भएको थियो।

पटकपटक स्थगित हुँदै चल्दै गरेको वार्ता राति साढे ८ बजेसम्म कुनै टुंगोमा नपुगी स्थगित भएको डा. केसीका वार्ता टोलीका सदस्य अधिवक्ता ओम प्रकाश अर्यालले जानकारी दिए।

नेपाल सयमसँग कुरा गर्दै अधिवक्ता अर्यालले वार्ता कुनै निष्कर्षमा पुग्न नसकेको र फेरि बस्न सक्नेगरी स्थगित भएको जानकारी दिए।

डा. केसीका माग सम्बोधनका लागि सरकारले बुधबार शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो। त्यसलगत्तै डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा वार्ता टोली सार्वजनिक भएको थियो।

बिहीबार बेलुकासम्म सहमति नजुटेपछि थप आन्तरिक गृहकार्य गर्ने भन्दै वार्ता स्थगित भएको अधिवक्ता अर्यालले बताए।

‘सम्भवत आजै राति थप छलफल हुन्छ र कुनै न कुनै निकासमा पुग्छौँ’, अधिवक्ता अर्यालले नेपाल समयसँग भने।

प्रकाशित: Oct 08, 2020| 15:01 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।