विराटनगर– प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार १०६ पुगेको छ।
३ हजार ५५३ सक्रिय संक्रमित होम आइसोलेसनमा छन्। अन्य विभिन्न अस्पताल र आइसोलेसन केन्द्रहरुमा उपचाररत रहेको सामाजिक विकास मन्त्रालय कोभिड–१९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समितिका संयोजक डा. सरोज विशालले बताए।
उनका अनुसार ८ हजार ८५७ संक्रमितमध्ये विहीबारसम्म ४ हजार ६६२ जना संक्रमणमुक्त भएका छन्।
प्रदेश १ मा १४ जिल्लामध्ये मोरङमा संक्रमितको संख्या बढी छ। विहीबारसम्म ४ हजार ५०७ पुगेको छ। २ हजार १५६ जना डिस्चार्ज भएका छन्।
सुनसरीमा २ हजार ५५६, झापामा ९९९, उदयपुरमा १६०, इलाममा ९७, संखुवासभामा ८६, धनकुटामा ५७, खोटाङर तेह्रथुममा ३७–३७, भोजपुरमा ३५, पाँचथर र ओखलढुङ्गामा ३२–३२, ताप्लेजुङमा २०, सोलुमा ८ र प्रदेश १ बाहिरका १९४ जना संक्रमित भएका छन्।
प्रदेश १ मा कोरोना संक्रमणबाट ८९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २३ महिला र ६६ पुरुष छन्। प्रदेश १ स्थायी ठेगाना भएका ७४ र १५ जना अन्य प्रदेशका छन्। मोरङमा ४२, सुनसरीमा २२, झापामा ९, ताप्लेजुङका १ जना रहेको मन्त्रालयले जनाएको छ।
संक्रमण देखिएकामध्ये सवैभन्दा बढी ३७ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ।