आइतबार, जेठ २१, २०८०

रमेशनाथ पाण्डेको ‘क्रान्ति र प्रतिक्रान्ति’ प्रकाशित

पुस्तकमा बीपी कोइरालाले सुन्दरीजल बन्दीगृहबाट लेखेका हस्तलिखित चिठीइलगायत अन्य महत्त्वपूर्ण दस्तावेज समावेश छन्। 
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

काठमाडौं– रमेशनाथ पाण्डेद्वारा लिखित पुस्तक ‘क्रान्ति र प्रतिक्रान्ति’ बजारमा आएको छ। 

Everest Bank

पुस्तकमा बीपी कोइरालाले सुन्दरीजल बन्दीगृहबाट लेखेका हस्तलिखित चिठीइलगायत अन्य महत्त्वपूर्ण दस्तावेज समावेश छन्। 

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका पाण्डेले पुस्तकमा ०७ सालको प्रजातन्त्रका लागि भएको राजनीतिक आन्दोलनदेखि अहिलेसम्म आइपुग्दा नेपाली राजनीतिले भोगेको नियति र यसका भौगोलिक सामरिक कारण र आउन सक्ने परिणाम समेतलाई उल्लेख गरेका छन्।

यस्तै पुस्तकमा इतिहासको अनुभवका आधारमा नेपाली राजनीतिको भविष्यबारे विस्तृत चर्चा छ। 

पुस्तकबारे पाण्डेले भनेका छन्, ‘२००७ सालको परिवर्तनलाई आख्यानका रुपमा सुनेका अथवा इतिहासमा पढेका, २०४७ सालको परिवर्तनलाई केही सुनेर र केही भोगेर बुझेका अनि २०६३ को परिवर्तनमा आफैं संलग्न भएर सञ्चय गरेका सपना भंगको पीडा र दूरदृष्टि पूरा गर्ने सङ्कल्प लिएका युवा वर्गका लागि क्रान्ति र प्रतिक्रान्ति रुचिकर र उपयोगी हुने आशा गरेको छु।’

Metro Mart
worldlink

कृतिमा सुन्दरीजल सैनिक जेलबाट बीपीले पाण्डेलाई लेखेका  चिठी  कालजयी छन्।

उनले भने, ‘पाठकलाई राजनीतिक, धार्मिक, सांस्कृतिक र व्यावहारिक रुपमा विचारोत्तेजक खुराक दिने केही चिठी प्रासङ्गिकताअनुसार प्रस्तुत पुस्तकमा समावेश गरिएका छन्, बाँकी पछि आउने पुस्तकमा समावेश हुनेछन्।’ ५५६ पृष्ठको पुस्तकको मूल्य ७९५ छ।

पाण्डेको यसअघि ‘कूटनीति र राजनीति’ प्रकाशित छ। 

प्रकाशित: Oct 08, 2020| 12:38. 00 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कथा लेख्नुको मजा छुट्टै छ, धेरै पात्रको जीवन बाँच्न  पाइन्छ: मनिषा गौचन [अन्तर्वार्ता]

'फूलहरुको रंग छैन' कविता संग्रहमार्फत साहित्यमा दर्बिलो उपस्थिति जनाएकी मनिषाको उपन्यास ‘वल्लीको डायरी’ २०६३ मा प्रकाशित भएको थियो। यो उपन्यासले उनलाई राम्रोसँग चिनाएको छ।

त्रयम् अनि बुद्ध र भिखारी मञ्चन

एउटा फ्ल्याट लिएर भाडामा बस्ने तीन युवतीको कथा समेटिएको नाटक त्रयम् अनि बुद्ध र आफ्नो झुपडीमा मुसाले दिएको दुःखबाट दिक्क भएर भाग र भाग्यको अर्थ...