शनिबार, भदौ १३, २०८३

डा. केसीको स्वास्थ्य अवस्था चिन्ताजनक 

२५ दिनदेखि अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

काठमाडौं-   २५ दिनदेखि अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

त्रिवि शिक्षण अस्पतालका अनुसार उनको रक्तचाप निकै कम भएको, अक्सिजनको मात्रा धेरै घटेको, मुटुको चाल अस्थिर रहेको साथै रगतमा इलेक्ट्रोलाइट्स र ह्वाइट ब्लड सेल्सको मात्रा निकै कम भइसकेको छ। 

शरीरमा अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा कम भयो भने जोखिमपूर्ण मानिन्छ तर, डा केसीको शरीरमा यो मात्रा ८९–९० प्रतिशतमा झरेको छ।

अस्पतालका अनुसार डा केसीलाई बारम्बार नशाबाट इलेक्ट्रोलाइट्स लिन आग्रह गर्दा पनि उनले सामान्य सलाइनभन्दा अन्य उपचार लिन मानिरहेका छैनन्।

उता सरकार र डा केसीका प्रतिनिधिबीच शिक्षा मन्त्रालयमा विहान शुरु भएको वार्ता केही बेरका लागि स्थगित भएको छ।
चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै डा केसी २५ दिन यता अनशनमा छन्।

सरकारले डा.केसीसँग वार्ता गर्नका लागि बुधबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो। जसमा मन्त्रालयका सहसचिव डा गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा दीलिप शर्मा सदस्य छन्।

सरकारले वार्ता टोली गठन गरेसँगै डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय टोली गठन भएको थियो। वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, संघका पूर्व अध्यक्ष डा. अन्जनी कुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन्।
 

 

प्रकाशित: Oct 08, 2020| 11:10 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।