शनिबार, भदौ १३, २०८३

काठमाडौंसहित यी ८ जिल्लामा थपिए धेरै संक्रमित

केही दिनयता काठमाडौंमा संक्रमण दर उच्च छ।
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

काठमाडौं– आज बिहीबार देशभर ४ हजार ३६४ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमणमा यो संख्या अहिलेसम्मकै धेरै हो।

केही दिनयता काठमाडौंमा संक्रमण दर उच्च छ। आज पनि सबैभन्दा धेरै संक्रमित काठमाडौंमै थपिएका छन्। काठमाडौंमा २ हजार ८५ जना, भक्तपुरका १३५ जना र ललितपुरका ३२० जनामा संक्रमण पुष्टि भएको छ।

आज सयजना भन्दा बढी संक्रमित थपिने अन्य जिल्लाहरुमा मोरङ (२४९), सुनसरी (२१४), मकवानपुर (१०५), रुपन्देही (१९९) र सुर्खेत (१०६) जना छन्।

पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमित थपिएका छन्। मृत्यु हुनेमा काठमाडौं, भक्तपुर, ललितपुर, सुनसरी, धनुषा, चितवन, कास्की र सुर्खेतका ८ जना पुरुष र ४ जना महिला छन्। 

योसँगै मृतककको कुल संख्या ५९० पुगेको छ। 

आजको दिनमा देशभरका आईसीयूमा २३५ जना संक्रमित छन् भने भेन्टिलेटरमा ४२ जना छन्। 

सक्रिय संक्रमित– २६,६८४

संस्थागत आइसोलेसनमा– ११,७७७

होम आइसोलेसनमा– १४,९६७
 

प्रकाशित: Oct 08, 2020| 10:59 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।