शनिबार, भदौ १३, २०८३

संक्रमणमा नयाँ रेकर्ड, आज थपिए ४ हजार ३६४ संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो हालसम्मकै उच्च संख्या हो।
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो एकै दिनमा थपिएको हालसम्मकै उच्च संख्या हो। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६१७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १८ हजार ४७३ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म ११ लाख ३१ हजार ९५८ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै देशमा सक्रिय संक्रमितको संख्या २६ हजार ६८४  पुगेको छ। जसमध्ये ११ हजार ७१७ जना संस्थागत आइसोलेसनमा र १४ हजार ९६७ जना होम आइसोलेसनमा छन्।

४ हजार ४६० जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा २ हजार ६७५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित हालसम्म ७१ हजार ३४३ जना व्यक्ति कोरोनामुक्त भइसकेका छन्।

पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ।
 

प्रकाशित: Oct 08, 2020| 10:42 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।