काठमाडौं– नेपालमा कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ पुगेको छ।
आज चार हजार ३६४ जनामा कोरोना संक्रमण भएको छ। सबैभन्दा बढी काठमाडौंमा दुई हजार ८५ जना संक्रमित थपिएका छन्।
यस्तै भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना संक्रमित थपिएका छन्। आजसम्म कोरोना भाइरसमुक्त हुनेको संख्या ७१ हजार ३४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।