शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली-दाहाल छलफल सकियो, पार्टी एकताको काम छिट्टै टुंग्याइने

ओली-दाहाल छलफल सकियो, पार्टी एकताको काम छिट्टै टुंग्याइने

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी एकताको बाँकी काम छिट्टै टुंग्याउने भएको छ। 
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी एकताको बाँकी काम छिट्टै टुंग्याउने भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच आज (बिहीबार) भएको भेटवार्तामा पार्टी एकताको बाँकी काम छिट्टै टुंग्याउने विषयमा छलफल भएको छ।

ओली-दाहालबीच पछिल्लो समय निरन्तर छलफल भइरहेको छ।

‘आजको भेटवार्तामा पनि पार्टी एकताको बाँकी काम टुंगोमा पुर्याउने विषयमा नै छलफल भयो,’दाहाल निकट स्रोतले भन्यो।

दुई अध्यक्षबीच करिब साढे २ घण्टा छलफल भएको हो। छलफलमा ओली-दाहालले छिट्टै पार्टी एकताको बाँकी काम टुंग्याउने सहमति गरेका छन्। 

त्यस्तै आजको छलफलमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा पनि कुराकानी भएको छ। तर, ठोस सहमति भने भइसकेको छैन।

प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रिपरिषद् पुनर्गठन तत्काल नहुने देखिएपछि रिक्त रहेका मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ। 

अहिले रिक्त रहेका मन्त्रालयमा मन्त्री नियुक्त गर्ने र पुनर्गठन दशैं तिहारपछि गर्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको बताइएको छ।

प्रधानमन्त्रीले रिक्त रहेको अर्थ मन्त्रालयमा पार्टी महासचिव विष्णु पौडेललाई नियुक्त गर्ने तयारी गरेका छन्। अर्थमन्त्रीमा सुरेन्द्र पाण्डेले पनि इच्छा देखाएका थिए। 

प्रधानमन्त्रीले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्न भने पनि उनले अर्थ बाहेकको अन्य मन्त्रालयको जिम्मेवारीमा नजाने बताएका छन्।

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा लामो समयदेखि दुई अध्यक्षबीच छलफल भए पनि सहमति भएको छैन।

प्रकाशित: Oct 08, 2020| 09:16 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।