शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा.केसीको जीवन रक्षाको माग गर्दै कांग्रेसको प्रदर्शन

डा.केसीको जीवन रक्षाको माग गर्दै कांग्रेसको प्रदर्शन

अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै काठमाडौंको कोटेश्वर चोकमा नेपाली कांग्रेसले प्रदर्शन गरेको छ।
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

काठमाडौं- अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै काठमाडौंको कोटेश्वर चोकमा नेपाली कांग्रेसले प्रदर्शन गरेको छ।

केसी अनशन बसेको २५ दिन हुँदा पनि सरकारले माग पूरा नगरेको भन्दै कांग्रेसले नेता कुन्दनराज काफ्लेको नेतृत्वमा प्रदर्शन गरेको हो। प्रदर्शनपछिको कोणसभामा काफ्लेले केसीका माग अबिलम्ब पुरा गरेर उनको जीवन रक्षा गर्न माग गरे।

केसीको मेडिकल शिक्षामा सुधार र नागरिकको सहज र सर्वसुलभ उपचारको माग कम्युनिष्ट सिद्धान्तसँग मिल्ने भए पनि दुई तिहाईको कम्युनिष्ट सरकारले उनका माग सुन्न नै नचाहनु आश्चर्यजनक रहेको काफ्लेले बताए। अनशनका क्रममा केसीलाई केही भइहालेमा त्यो नेकपा र प्रधानमन्त्री केपी शर्मा ओलीका लागि महँगो पर्ने चेतावनी उनले दिए। 

विगतमा कांग्रेसको सरकार बनेका बेला भएका सहमतिसमेत ओलीले उल्ट्याएर केसीलाई अनशन बस्न बाध्य पारेको उनको आरोप थियो। प्रदर्शनमा नेपाली कांग्रेस र उसका भातृ संगठनका नेता तथा कार्यकर्ताको सहभागिता थियो। 

प्रकाशित: Oct 08, 2020| 09:10 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।