बुटवल- रुपन्देहीमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ।
बुटवल उपमहानगरपालिका वडा नं. ६ का ८० वर्षीय पुरुषको आइसियुमा उपचारका क्रममा आज (बिहीबार) दिउँसो साढे १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
उनी हिजो कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए। वृद्धमा ज्वरो, दम, मधुमेह, प्रेसर तथा श्वासप्रश्वास सम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ।