बिहीबार, कात्तिक २७, २०८२

सुदूरपश्चिममा ६ हजार ६ सय ८८ जनाले जिते कोरोना

सुदूरपश्चिम प्रदेशमा ६ हजार ६ सय ८८ जनामा कोरोना संक्रमण मुक्त भएका छन्। 
 |  बिहीबार, असोज २२, २०७७

भीम चौधरी

भीम चौधरी

बिहीबार, असोज २२, २०७७

धनगढी- सुदूरपश्चिम प्रदेशमा ६ हजार ६ सय ८८ जनामा कोरोना संक्रमण मुक्त भएका छन्। 

National life

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार हालसम्म प्रदेशमा सात हजार सात सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

निर्देशनालयका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीम दुई हजार दुई सय ३० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। 

अछाममा एक हजार ३१, बैतडीमा तीन सय ९१, बझाङमा चार सय ४१, बाजुरामा चार सय ५१, डडेल्धुरामा तीन सय २५, दार्चुलामा ७१, डोटीमा नौ सय ८३, कञ्चनपुरबाट सात सय ६५ जना कोरोना भाइरस संक्रमण मुक्त भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

प्रदेशमा  एक हजार ७४ संक्रिय संक्रमित
सुदूरपश्चिम प्रदेशमा एक हजार भन्दा बढी कोभिड १९ का संक्रिय संक्रमित रहेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा एक हजार ७४ जना कोभि १९ का संक्रिय संक्रमित छन्। 

Laxmi sunrise bank
kumari

प्रदेशको कैलाली जिल्लामा पाँच सय ७०, डोटीमा एक सय २४, बझाङमा एक सय नौं, कञ्चनपुरमा ९९, दार्चुलामा ७३, अछाममा ५२, बैतडीमा ३३, डडेल्धुरामा १२ जना कोभिड १९ का संक्रिय संक्रमित छन्। 

बाजुरा भने कोभिड १९ संक्रिय संक्रमित शून्य भएको छ। प्रदेशमा बर्दिया जिल्लाका र धनुषाका एक-एक जना समेत संक्रिय संक्रमित छन्।

चार महिनामा १८ को मृत्यु
सुदूरपश्चिम प्रदेशमा चार महिनाको अवधिमा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशको कैलाली जिल्लामा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको हो। कैलाली जिल्लामा नौ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

अछाम, बझाङ, बाजुरामा दुई-दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। डडेल्धुरा, बैतडी र कञ्चनपुरमा एक-एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

२२८ प्रहरी संक्रमित 
सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या दुई सय २८ पुगेको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिममा कोभिड १९ संक्रमित प्रहरीको संख्या दुई सय २८ पुगेको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार तींमध्ये एक सय २४ जना संक्रमण मुक्त भएका छन्। 

प्रहरी वरिष्ठ उपरीक्षक सिंहका अनुसार प्रदेशमा हाल पनि एक सय चार जना संक्रिय संक्रमित छन्। प्रहरी जवानदेखि प्रहरी उपरीक्षक सम्मलाई कोरोना संक्रमण पुष्टि भएको सिंहले बताए। 

धनगढी उप–महानगरमा दुई सय संक्रमित 
प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा दुई सय संक्रमित रहेका छन्। उप–महानगरपालिकामा ४४ महिला र एक सय ५६ जना पुरुष सक्रिय संक्रमित रहेको उप–महानगरको स्वास्थ्य शाखाले जनाएको छ। 

उप–महानगरपालिकामा दुई सय ५९ जना महिलासहित आठ सय ५२ जनामा हालसम्म कोभिड–१९ पोजेटिभ देखिएको छ। त्यसमध्ये ६ सय ४९ जना कोरोना भाइरस संक्रमण मुक्त भैसकेका छन् भने तीन जनाको कोरोना संक्रमितको मृत्यु भएको छ। 

प्रकाशित: Oct 08, 2020| 04:49 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।