शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारी वार्ता टोली र सत्याग्रही केसीका प्रतिनिधिबीच केही बेरमा वार्ता हुँदै

सरकारी वार्ता टोली र सत्याग्रही केसीका प्रतिनिधिबीच केही बेरमा वार्ता हुँदै

सरकारी वार्ता टोली र सत्याग्रही डा गोविन्द केसीका प्रतिनिधिबीच अहिले केही बेरमा वार्ता हुने भएको छ।
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

काठमाडौं- सरकारी वार्ता टोली र सत्याग्रही डा गोविन्द केसीका प्रतिनिधिबीच अहिले केही बेरमा वार्ता हुने भएको छ।

 अहिले साढे दश बजे शिक्षा मन्त्रालयमा वार्ता हुने बताइएको छ।  

चौतर्फी दबाबपछि बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा सरकारले तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो।  

त्यसपछि  डा केसीको तर्फबाट  डा जीवन क्षेत्रीको नेतृत्वमा चार सदस्यीय वार्ता टोली बनाइएको थियो। यी दुई वार्ता टोलीले अहिले केही बेरमा सत्याग्रही केसीका माग सम्बोधनबारे छलफल गर्ने बताइएको छ। 

यसअघि दिउँसो ४ बजे मात्रै वार्ता हुने भनिएको थियो। 

प्रकाशित: Oct 08, 2020| 04:18 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।