शनिबार, भदौ १३, २०८३

संस्थानले तोड्यो सीएम ट्रेडिङसँगको सम्झौता

सांस्कृतिक संस्थानले सीएम ट्रेडिङ इन्टरप्राइजेज प्रालीसँग भएको ३० वर्षे सम्झौता भंग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेको छ। 
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

काठमाडौं- सांस्कृतिक संस्थानले सीएम ट्रेडिङ इन्टरप्राइजेज प्रालीसँग भएको ३० वर्षे सम्झौता भंग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेको छ। 

काठमाडौंको जमलस्थित संस्थानको स्वामित्वमा रहेको सपिङ कम्प्लेक्स तथा अन्डरग्राउण्ड पार्किङ क्षेत्र सञ्चालन तथा व्यावस्थापनका लागि सीएम ट्रेडिङ र संस्थानबीच २०६४ सालमा ३० वर्षे सम्झौता भएको थियो। 

अत्यन्त न्युन दरभाउमा सम्झौता भएको भन्दै सुरुदेखि नै सो सम्झौताबारे  प्रश्न उठेको संस्थानका महाप्रबन्धक अशोक कुमार राईले बताए। 

सीएमट्रेडिङसँगको सम्झौताअनुसार आव २०७७–०७८ सम्म आइपुग्दा प्रतिवर्गफिट मासिक लगभग २० रुपैयाँ मात्र भाडा दर थियो। 

सोही स्थान नेपाल दूरसञ्चार प्राधिकरणसँग मासिक प्रतिवर्गफिट ७० रुपैयाँ भाडा दर कायम गरी सम्झौता भएको महाप्रबन्धक राईले बताए। 

सो क्षेत्रमा प्रतिवर्गफिट प्रतिमहिना ८० देखी एकसय रुपैयाँसम्म चल्ति रहेको छ ।

‘सीएम ट्रेडिङसँग भएको एकपक्षीय सम्झौता भंग गरी नेपाल दूरसञ्चार प्राधिकरणसँग जीटुजी मोडेलमा नयाँसम्झौता गरेका छौं’, संस्थानका महाप्रबन्धक अशोक कुमार राईले भने, ‘संगीन अवस्थामा गुज्रिरहेको संस्थानमा अनेकन समस्या छन्। संस्थानको समृद्धिका लागि निर्मम भएर त्यस्ता समस्याको समिक्षा गर्न जरुरी छ ।’ 

गत पुसदेखि कार्यभार सम्हालेका महाप्रबन्धक राईले सांस्कृतिक संस्थान सुधारका लागि २२ बुँदे कार्ययोजना प्रस्तुत गर्दै सीएम ट्रेडिङसँग भएको एकपक्षीय सम्झौतालाई पूनरावलोकन गरिने पनि उल्लेख गरेका थिए।
‘यसअघि संस्थानले आफ्नै पार्किङ क्षेत्र समेत प्रयोग गर्न पाएको थिएन। अब त्यो समस्या समाधान भएको छ। पार्किङ सुविधाका कारण अब हल अक्युपेन्सी पनि बढ्ने अपेक्षा गरका छौं’, महाप्रबन्धक राईले भने । 

लोकसंस्कृतिको संरक्षण, सम्वद्र्धन तथा विकासका लागि सांस्कृतिक संस्थानको समृद्धि आवश्यक रहेको उनको भनाइ छ।

सांस्कृतिक संस्थान सञ्चालन समितिका अध्यक्ष प्रेमनाथ अधिकारीले संस्थानको समृद्धिका लागि पुरानो सम्झौता बाधक भएको बताए।

‘संस्थानको समृद्धिका लागि सीएम ट्रेडिङसँगको सम्झौता भंग हुनु जरुरी थियो’, अध्यक्ष अधिकारीले भने, ‘संस्थानमा अरु पनि केही जटिल समस्या छन् । हामी एकएक गर्दै समाधानका लागि अघि बढेका छौं।’

सीएम ट्रेडिङसँगको सम्झौताअनुसार आव २०७७–७८ मा संस्थानले लगभग एक करोड ३० लाख रुपैयाँ प्राप्त गथ्र्यो भने दूरसञ्चार प्राधिकरणबाट दुई करोड पाँच लाख रुपैयाँ प्राप्त गर्ने भएको छ। 

नयाँ सम्झौतामा प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि हुने पनि उल्लेख छ।

अध्यक्ष अधिकारीका अनुसार सीएम टे«डिङसँगको सम्झौता भंग गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणसँग जीटुजी मोडेलमा तत्काल सम्झौता भएकाले संस्थानको स्वामित्वमा रहेको सपिङ कम्प्लेक्स खाली राख्नु परेन। 

‘नयाँ सम्झौतामा प्रतिवर्गफिट प्रतिमहिना ७० रुपैयाँ काम भएको छ । टेन्टरमार्फत गएको भए समय लाग्थ्यो तर अझ बढी दर कायम हुन सक्थ्यो’, अध्यक्ष अधिकारीले भने।
 

प्रकाशित: Oct 08, 2020| 03:57 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।